त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले ओमानलाई ५६ रनले हरायो

banner 2

असोज १७ काठमाडौँ ।  नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ५६ रनले हराएको छ ।  जितसँगै  नेपालले उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

क्यानडाको किंग सिटीमा १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले सर्वाधिक ३५ र अकिब इलियासले २२ रन बनाए ।

Article Inline 2

नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिए ।त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालका लागि  कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्कासहित नटआउट ५६ रनको  इनिङ खेले । रोहितको यो सातौं अर्धशतक हो ।

यस्तै कुशल मल्ल १९, देव खनाले १८ , आसिफ शेख १६ , अनिल साह ११ र कुशल भूर्तेल ११ रनमा आउट भए । गुल्सन झा २ र दीपेन्द्रसिंह ऐरी १ रनमा पेवेलियन फर्किए । नेपालले २० अतिरिक्त रन पायो ।

ओमानका फयाज बटले, ३ कलिमुल्लाह, सकिल अहमद र अकिब इलियासले १-१ विकेट लिए ।नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको  नेपालले तेस्रो खेलमा क्यानडासँग ४ विकेटको बेहोर्यो ।
नेपाल ४ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा । क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।

ओमान  १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । बिहीबार ओमान र क्यानडाबीच सम्भावना छ । नेपालले अव क्यानडा ए सँग ४, ६ र ८ अक्टोबरमा तीन एकदिवसीय अभयास खेल खेल्नेछ ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :