गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधि बुटवल लुम्बिनी एफसीले जित्यो

kala sahitya bottom

असोज १३,चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधि बुटवल लुम्बिनी एफसीले जितेको छ ।

नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा आज सम्पन्न फाइनलमा नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो ।

Article Inline 2

फाइनलमा बुटवल लुम्बिनीले पुलिसलाई २-० ले स्तब्ध बनायो । बुटवल लुम्बिनीलाई  च्याम्पियन बनाउन सनिश श्रेष्ठ र आयुष घलानले गोल गरे । सनिशले खेलको ३५ औं मिनेटमा गोल गर्दै बुटवल लुम्बिनीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको छैठौं मिनेटमा आयुषले गोल गरेपछि बुटवल लुम्बिनी च्याम्पियन बन्यो ।

यससँगै बुटवल लुम्बिनीले मोफसलमा पहिलो उपाधि जितेको छ । यस अघि एनआरएनए प्रथम ईलाम गोल्ड कप २०८० र दोस्रो ताप्लेजुङ गोल्डकप २०८१ मा  सहभागीतामा मात्रै सीमित भएको थियो । च्याम्पियन बुटवल लुम्बिनीले उपाधिसहित ६ लाख प्राप्त गरेको छ भने पुलिसले ३ लाखमा चित्त बुझाएको छ ।

बुटवलका कप्तान एरिक विष्ट प्लेयर अफ दि म्याच भए । उनी नै प्रतियोगिताभरको उत्कृष्ट खेलाडी पनि घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । पुलिसका शत्रुधन चौधरी उत्कृष्ट गोलकिपर, बुटवल लुम्बिनीका सनिश उत्कृष्ट डिफेन्डर, पुलिसका राम वाजी उत्कृष्ट मिड फिल्डर, आयोजक हानामी भरतपुर फुटबल क्लबका राज भुसाल उत्कृष्ट फर्वाड तथा बुटवल लुम्बिनीका राजु लामा उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले जनही १०-१० हजार रुपैयाँ प्राप्त गरे ।

भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा १० टोली सहभागी थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका थिए । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्थामा रहेका थिए

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :