मुलुकभरका शैक्षिक संस्था तीन दिन बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई आग्रह

kala sahitya side 1

असोज १३,काठमाडौँ। वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ ।

साथै विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको छ । विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न सक्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो ।

Article Inline 2

मन्त्री भट्टराईका अनुसार विभिन्न विश्वविद्यालयले शनिबार सञ्चालन गरेको परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई अर्को दिन परीक्षामा बस्न दिने निर्णय पनि गरिएको छ । शैक्षिक क्यालेन्डर कार्यान्वयनको दबाबमा रहेको त्रिभुवन विश्वविद्यालयले शनिबार पनि मुलुकभर विभिन्न तहको परीक्षा सञ्चालन गरेको थियो । मन्त्रालयले आइतबारदेखि नै लागु हुने गरी सम्पूर्ण विश्वविद्यालयको परीक्षा एक साताकै लागि स्थगित गर्ने विषयमा सम्बन्धित विश्वविद्यालयसँग परामर्श गरेको थियो तर एक सातासम्म परीक्षा पर लैजाँदा शैक्षिक पात्रो नियमित गर्न अप्ठ्यारो पर्ने राय विश्वविद्यालयका पदाधिकारीबाट आएको थियो । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले परीक्षा तथा पढाइ तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । हाल विश्वविद्यालयमा स्नातक तहका विभिन्न तहको परीक्षा सञ्चालन भइरहेको छ ।

साथै अधिकांश विद्यालयमा कक्षा १२ सम्मकै विद्यार्थीको प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुँदै छ । साथै आइतबार स्थगित गरिएको विश्वविद्यालय तहका परीक्षा पनि अन्तिम परीक्षा सकिएको दिनको भोलिपल्ट सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार साँझदेखिको झरी र बाढीका कारण उपत्यकासहितका बाहिरका जिल्लाका शैक्षिक संस्था डुबेका छन् । डुबानका कारण भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :