अध्येता नेपालको संस्कृतिका अवैतनिक राजदूत – पर्यटनमन्त्री बद्री पाण्डे

Article Inline top 1

असोज १० काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले  नेपालको इतिहास र संस्कृतिको नजिकबाट अध्ययन गरेका अध्येता नेपालको संस्कृतिका अवैतनिक राजदूत भएको बताउनुभएको छ।

काठमाडौँ विश्व विद्यालय अन्तर्गतको हिमालय एसियाली अनुसन्धान केन्द्रको संयोजन भएको १२ दिने कार्यशालाको समापन गर्दै मन्त्री पाण्डेले नेपालको इतिहास र संस्कृतिको अध्येता भोलिका दिनमा संसारभर गाई नेपाली संस्कृति र यहाँका सम्पदा विश्वलाई चिनाउने अवैतनिक स्थायी सांस्कृतिक राजदूत हुने  बताउनुभएको हो।

Article Inline 2

उहाँले यस किसिमका कार्यशाला नेपालमा आयोजना हुनुले नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गर्ने बताउनुभयो।  कार्यशालामा १० भन्दा बढी देशका अध्येता सहभागी हुनुभएको थियो।  कार्यशालामा नेपालको इतिहास र संस्कृतिमा केन्द्रित रही अध्ययन गरिएको थियो।  कार्यक्रमलाई मन्त्री पाण्डेले संस्कृत भाषामा सम्बोधन गर्नुभएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :