सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता हो – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा

kala sahitya bottom

असोज ९ काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ।

नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधबार उहाँले यस्तो बताउनुभएको हो।  उहाँले नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताउनुभयो।  उहाँले सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो।

Article Inline 2

उहाँले भन्नुभयो, ‘सबै मिलेर एकताबद्ध भएर अघि बढ्नुस्।  अब हाम्रो देश सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिलाको हो।  थारु, मुस्लिम सबैको देश हो।  सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :