रैथाने खाद्यवस्तु लगायतको प्रवर्धनका लागि गैडाकोटमा हाटबजार सञ्चालन

Article Inline top 1

असोज ८ गैंडाकोट। गैंडाकोटमै पहिलोपटक रैथाने खाद्यवस्तु लगायतको प्रवर्धनका लागि गैडाकोट ४ मा मिनी मार्ट तथा हाटबजार सञ्चालन भएको छ ।

“निजीक्षेत्रले रैथाने खाद्यवस्तु तथा विविध सामग्रीको उत्पादन तथा प्रवर्धनका लागि निजी जग्गा र भवन निःशुल्क रुपमा मिनी मार्ट तथा हाटबजार र किसानका सामग्री खरिद बिक्री गर्नका लागि सञ्चालन गरेकोमा आफूलाई खुसी लागेको र  “रैथाने वस्तुका उत्पादनलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्न निजी क्षेत्रसँग समन्वय गर्न स्थानीय सरकार पनि तयार छ ।” मङ्गलबार र शुक्रबार लाग्ने मिनी मार्ट तथा हाटबजार उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख मदनभक्त अधिकारीले आफ्नो मन्तव्य राख्दै सो कुरा बताए ।

Article Inline 2

“मङ्गलबारबाट सञ्चालनमा आएको मिनी मार्ट तथा हाटबजार राख्न गैडाकोट एग्रो मार्ट प्रालीकै स्थान उपलब्ध गराउन व्यापारीहरूले आग्रह गरेपछि पछिल्लो समयको आर्थिक मन्दीमा केही सहज होस् भनी हामीले पाँच वर्षअघि ३ करोड लगानी गर्दै सञ्चालनमा ल्याएको मार्ट परिषर निःशुल्क उपलब्ध गराएका हौँ । मार्ट सञ्चालन समितिका अध्यक्ष शालिग्राम घिमिरेले बताए।

मिनी मार्ट तथा हाटबजारमा नवलपुर जिल्लाकै पहाडी भेग स्थानीयका महिला उद्यमी तथा कृषकले उत्पादन गरेका हाँस तथा लोकल कुखुराका अण्डा, पिँडालु, भ्यान्टा, साग, फर्सी, उखु, लौका, खुर्सानीलगायतका अर्ग्यानिक तरकारीजन्य वस्तुहरू, मकैलगायतका खाद्यान्न विक्रीका लागि राखिएको छ । त्यस्तै, स्थानीय महिला उद्यमीले उत्पादन गरेका बेसार, चुक, अचार लगायतका वस्तु समेत विक्रीका लागि राखिएको छ ।

मिनी मार्ट तथा हाट बजार उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष तेजेन्द्र प्रसाद घिमिरे लगायत टोलराज घिमिरे, कृष्णराज न्यौपाने, श्रीराम सुवेदी, केशव प्रसाद सापकोटा, रामबहादुर खत्री, लालकुमार राई, सुर्जे कुमार कायस्त, शान्ता भुजेल, सूर्यप्रसाद पराजुली, लगायतका अतिथिले हाटबजारले स्थानीयस्तरमा रहेका रैथाने खाना तथा परिकार र कपडालाई संरक्षण एवं प्रवर्धन गर्दै रैथाने कृषि, कला सीप, प्रविधि, उद्यमशीलता विकास, युवा, महिला र विपन्न वर्गलगायत सबैलाई संलग्न गराउँदै रोजगार सिर्जना गर्न पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :