प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

arthik side 1

भदौ ३१,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।  आजै राति १२ बजेदेखि लागू हुनेगरी सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गरेको छ ।

Article Inline 2

आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएका छन् । यही विवादका कारण आइतबारको बैठक बस्न सकेको थिएन ।

संसदलाई विनाअवरोध सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितका नेताहरुसँग छलफलमा हिंसा शब्दमा अलमलिँदा अन्य विषयहरु ओझेलमा परेको भन्दै संसद बैठक सन्चालन गर्न दिन अनुरोध गरेका थिए ।

तर माओवादी केन्द्रका नेताहरुले भने योगेश भट्टराईले आवेशमा आएर बोल्दा गल्ती भएको भन्दै आत्मालोचना गर्नुपर्ने वा सभामुखले हिंसा शब्दलाई रेकर्डबाट हटाउनुपर्ने अडान राखेका थिए । त्यसपछि दुई पटक समय सारिएपनि बैठक बस्न सकेको थिएन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :