spot_img

Saturday, September 21, 2024

गण्डकी बचतको ३३औँ वार्षिक साधारण सभा सम्पन्न

भदौ २९,गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोट को ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ .

शनिवार श्रीराम पार्टी प्यालेसमा भएको संस्थाको ३३औँ वार्षिक साधारण सभा कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारीकर्मीहरु गम्भिर बन्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी सहकारी समुदायको उत्कृष्ट वित्तीय सहकारीका रुपमा स्थापित भएको बताउनुभयो ।

सहकारीका अध्यक्ष पोषणराज सुवेदीले सदस्यहरुलाई प्रभावकारी गुणस्तरीय एवं सर्वसुलभ वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको बताउनुभयो । हाल संस्थाको कुल सम्पत्ति २ अर्ब १७ लाख पुगेको समेत उहाँले जानकारी दिनुभयो । सहकारीको संस्थागत पूँजी १० प्रतिशत पुग्नु संस्थाको सबल पक्ष रहेको उहाँको भनाई थियो । उहाँले उत्कृष्ट सेवा तथा सूरक्षाको सर्वोत्तम छनोटको रुपमा संस्थालाई स्थापित गराउन सोही खालका कार्यक्रम तय गरिएको समेत बताउनुभयो ।

साधारण सभामा सह सचिव केशवराज शर्माले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष ०८१/८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थागत विकास तथा प्रवर्धन कार्यक्रम, सदस्य सेवा कार्यक्रम, सामाजिक कार्यक्रम, सहकारी प्रवर्धन कार्यक्रम, प्रविधिगत कार्यक्रम, सूचना, शिक्षा तथा तालिम कार्यक्रम अन्तर्गत विविध कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष शान्ति सापकोटाले जगेडा कोष १९ करोड ५९ लाख २० हजार १ सय ८६ रहेको बताउनुभयो । शेयर पूँजी १९ करोड ९२ लाख, ८६ हजार ७ सय रहेको जानकारी दिनुभयो ।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक गोविन्द सुवेदीले संस्थाको डिजिटल प्रविधि सेवालाई जोड दिन डिजिटल सचेतना, सम्पूर्ण सदस्यहरुबाट सत प्रतिशत नियमित बचत गराउन, भाका नाघेका ऋणहरुलाई नीति अनुरुप ताकेत गरी समयमा नै असुली गर्न गराउन सुझाव दिनुभयो ।

सहकारीका अध्यक्ष पोषणराज सुवेदीले सदस्यहरुलाई प्रभावकारी गुणस्तरीय एवं सर्वसुलभ वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको बताउनुभयो । हाल संस्थाको कुल सम्पत्ति २ अर्ब १७ लाख पुगेको समेत उहाँले जानकारी दिनुभयो । सहकारीको संस्थागत पूँजी १० प्रतिशत पुग्नु संस्थाको सबल पक्ष रहेको उहाँको भनाई थियो । उहाँले उत्कृष्ट सेवा तथा सूरक्षाको सर्वोत्तम छनोटको रुपमा संस्थालाई स्थापित गराउन सोही खालका कार्यक्रम तय गरिएको समेत बताउनुभयो ।

संस्थाका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विभिन्न विधामा ४१ जनालाई पुरस्कृत एवं सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी शुकविर खण्डलुक मगर घोषणा हुनुभयो । कार्यक्रममा गैँडाकोट १ वडा अध्यक्ष सुरेन्द्र रेग्मी, गैँडाकोटका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, संस्थाका पूर्व अध्यक्ष वेदप्रसाद गौडेल, सीता न्यौपाने, झलककाजी पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सहकारीले वित्तीय तथा गैर वित्तीय सेवाहरु मार्फत सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक उन्नतीका साथै १८ प्रकारका बचतका कार्यक्रम र १७ प्रकारका ऋणका कार्यक्रम सञ्चालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले ७ वटा सेवा केन्द्र कार्यालयमाफर्त सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिका मात्रै कार्यक्षेत्र निर्धारण गरी सञ्चालन भइरहेको गण्डकी सहकारी गैँडाकोटकै अब्बल सहकारीका रुपमा चिनिन्छ ।   साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्दै छ ।

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

सम्बन्धित समाचार