प्रकाश सपुतको निर्देशनमा बन्न लागेको पहिलो चलचित्र ‘वसन्त’को छायाङ्कन शुरु

banner 4

काठमाडौं। अभिनेता तथा गायक प्रकाश सपुतले आफ्नो निर्देशनमा बन्न लागेको पहिलो चलचित्र ‘वसन्त’को छायाङ्कन थालेका छन्।

शनिवारदेखि बागलुङको कालिका मन्दिरमा शुभ साइत पूजा गर्दै चलचित्रको छायाङ्कन थालिएको हो। यो चलचित्रको छायाङ्कन बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म चल्नेछ, जसपछि दसैँ र तिहारको बिचमा काठमाडौं र तराईका लोकेसनहरूमा पनि छायाङ्कन हुनेछ। यसमा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक प्रकाश सपुतका साथ प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री, अनुप बराल, कमलमणि नेपाल, र प्रकाश घिमिरेले अभिनय गरेका छन्। प्रकाश सपुतले फिल्मको निर्देशन, पटकथा, र सङ्गीत समेत सम्हालेका छन्।

Article Inline 2

चलचित्रको कथा एक विपन्न विश्वकर्मा समुदायका युवकको लेखक बन्ने सपना र उसको सङ्घर्षको वरिपरि घुमेको छ। कार्यकारी निर्माताको रूपमा मोहन विश्वकर्मा, अनुरोध भट्टराई, र नाना थकाली रहेका छन्। चलचित्र विकास बोर्डमा दर्ता गरिएको जानकारी अनुसार चलचित्रको कुल लागत तीन करोड रुपैयाँ रहेको छ।

‘वसन्त’ फिल्म आगामी चैत २२ गते प्रदर्शनमा आउने तय भएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :