महिला, बालबालिकाहरूका लागि सरकारले छुट्याएको बजेट कम रहेको छ- उपसभामुख इन्दिरा राना

kala sahitya side 2

भदौ २२, काठमाडौँ । उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खुला फोरममार्फत सांसदहरूसँग बसेर वायु प्रदूषणसम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताउनुभयो ।

Article Inline 2

उपसभामुख रानाले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरूलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताउनुभयो । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने उहाँको भनाइ छ ।

उपसभामुख रानाले महिला, बालबालिकाहरूका लागि सरकारले छुट्याएको बजेट कम रहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले कानुन बनाएर मात्रै नहुने भन्दै बनाएका कानुनहरूको कार्यान्वयन गर्न जोड दिनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :