नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो

भदौ १३, काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ।

यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८९ दशमलव ७९ मा ओर्लेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ।

Article Inline 2

कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर रु १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

रसुवागढी हाइड्रोपावर नौ दशमलव ९९, मीड सोलु हाइड्रोपावर आठ दशमलव ४८, मितेरी डेभलपमेन्ट बैङ्क सात दशमलव ८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ६२ प्रतिशतले कमाएका छन्।

यस्तै थ्री स्टार हाइड्रोपावर १०, बिन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शून्य आठ, तारागाउँ रिजेन्सी होटल चार दशमलव ९९ र नाडेप लघुवित्तका लगानीकर्ताले चार दशमलव ७८ प्रतिशतले गुमाएका छन्। रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :