बागमती प्रदेशभर गाईजात्रा पर्वमा सार्वजनिक बिदा दिने बागमती प्रदेश सरकारको निर्णय

Article Inline top 1

 भदौ १ हेटौँडा। बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको मन्त्रीपरिषद् बैठकले यही भदौ ४ गते मङ्गलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Article Inline 2

प्रदेश सरकारको यो निर्णयसँगै गाईजात्रा पर्वमा बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।  प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले गाईजात्रा पर्वका दिन भदौ ४ गते सार्वजनिक बिदा दिने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :