भुटानको पारो एफसीसँग चर्च ब्वाइज युनाइटेड क्लब २–१ ले पराजित

काठमाडौं ।   एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।

दशरथ रंगशालामा घरेलु टोली चर्च ब्वाईजनलाई २–१ ले पराजित गर्दै पारोले अघिल्लो चरणको यात्रा तय गरेको हो । अग्रता लिए पनि जोगाउन नसक्दा नेपाली टिम पराजित भयो ।

Article Inline 2

पारोको जितमा किंगा वाङचुक र विलियम ओपोकुले गोल गरे।यता, चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गरेको पहिलो गोल सान्त्वना बन्यो।

खेलको ३८औं मिनेटमा लाकेन लिम्बूको गोलमा सुरुआती अग्रता बनाएको चर्च ब्वाइजले  त्यसलाई  दुई मिनेट पनि टिकाउन सकेन।

पोरोका लागि किंगा वाङचुकले ४०औं मिनेट गोल गर्दै खेल १/१ को बराबरी अबस्थामा ल्याए। पारोका लागि विलियम ओपोकुले ६७औं मिनेटमा गोल गर्दै खेलमा १/२ को अग्रता दिलाए। हारसँगै चर्च ब्वाइज यस छनोट चरणबाट बाहिरिएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :