मन्त्रिपरिषद् बैठक : १८ देशमा नयाँ राजदूत सिफारिस

साउन १५, काठमाडौँ ।  सरकारले  ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले  १८ जनालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।  जसमा नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि छन् । तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छन।

Article Inline 2

भारतमा शंकर शर्मा नै सिफारिस भएका छन्। राजदूत शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाए पनि वर्तमान सरकारले पुनः सिफारिस गरेको हो।

यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका र पूर्वसचिव चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिसमा भएका छन्।

मन्त्रीपरिषदले चीनका लागि कृष्णप्रसाद ओलीलाई राजदूत सिफारिस गरेको छ। ओली  यसअघि केपी ओली प्रधानमन्त्री  हुँदा राष्ट्रिय योजना आयोगको सदस्य थिए।

यस्तै जर्मनीमा शैल रुपाखेती,साउदी अरबमा नरेशविक्रम ढकाल,इजरायलमा धनप्रसाद पण्डित,दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ , पोर्चुगलमा प्रकाशमणि पौडेल,पाकिस्तानमा रिता धिताल,अस्ट्रेलियामा कान्ता रिजाल, स्पेन,सनिल नेपाल र मलेसियामा नेत्रप्रसाद तिमिल्सिना सिफारिस भएका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :