नवगठित बागमती प्रदेश सरकारले विमान दुर्घटना र सिमलताल पहिरोमा परी निधन भएकाप्रति दुःख व्यक्त

pradesh side 2

साउन १० ,काठमाडौँ । बागमती प्रदेश सरकारले सौर्य विमान दुर्घटनामा १८ जनाको निधन भएको प्रति दुःख व्यक्त गरेको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा नवगठित प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवाजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले जानकारी दिनुभयो ।

Article Inline 2

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान ११ बजे उडेको केहीबेरमै त्रिभुवन विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते विमानका चालक मनीष शाक्यको सिनामङ्गलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बैठकले केही दिनअघि चितवनको सिमलतालमा पहिरामा परेर त्रिशूली नदीमा पुरिएर दुई बसका यात्रुहरुको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेको मन्त्री महर्जनले बताउनुभयो ।

त्यस्तै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेशका १३ वटै जिल्लाका जिल्ला विपद् समन्वय समितिलाई रु. पाँच करोड २० लाख दिने निर्णय गरेको मन्त्री महर्जनले जानकारी दिनुभयो । रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :