सुनको मूल्य तोलामा रु. दुई हजार चार सयले घट्यो / प्रतितोला रु. एक लाख ४५ हजारमा कारोबार

kala sahitya top

 साउन १० ,काठमाडौँ ।  स्थानीय बजारमा बिहिवार सुनको मूल्य तोलामा रु. दुई हजार चार सयले घटेको छ ।

बुधबार प्रतितोला रु. एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन बिहिवारका लागि रु. एक लाख ४५ हजार निर्धारण भएको छ ।

Article Inline 2

यस्तै, बुधबार प्रतितोला रु. एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन बिहिवारका लागि रु. एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ५५ ले घटेको छ । बुधबार प्रतितोला रु. एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य बिहिवारका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :