गृहमन्त्री रमेश लेखक सौर्य एयरलाइन्सको जहाज दुर्घटना स्थल क्षेत्रमा

banner 5

साउन ९,काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएकाे छ ।

काठमाडाैंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो ।  यस्तै जहाजमा १९ जना सवार रहेको जनाइएकाे छ ।

Article Inline 2

जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

 त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजमा सवार १८ जनाको शव निकालिएको छ ।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । सङ्कलित  शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी भैरहेको छ ।  प्रहरी उपरीक्षक विकका अनुसार  विमानका चालक मनिष शाक्यको जीवितै उद्धार गरिएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :