किताब पढ्ने बानी बसाल्न प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोध

taja samachar side 2

साउन ९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई किताब पढ्ने बानी बसाल्न अनुरोध गर्नुभएको छ ।

मदन पुरस्कार गुठीले सार्वजनिक गरेको २०८० का श्रेष्ठ सूचिका पाँच पुस्तकप्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीले आफ्नो धेरै बानी परिवर्तन भए पनि युवादेखिको पढ्ने बानी भने परिवर्तन नभएको बताउनुभयो ।

Article Inline 2

उहाँले मदन पुरस्कार गुठीको श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई पनि दिनुभयो । ‘युवाकालदेखि अहिलेसम्म मेरा धेरै बानीमा परिवर्तन आएका छन्, तर पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत् छ, थोरै समय पाउँदा पनि पुस्तक पढ्छु । भर्खरै मदन पुरस्कार गुठीले २०८० सालको श्रेष्ठ सूची सार्वजनिक गरेको छ, यसमध्ये मुकाम रणमैदान मैले पढेको छु’ उहाँले भन्नुभयो, “अरू पढ्न बाँकी छ, श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई, पुस्तक पढ्ने बानी बसालौँ ।’

यस वर्ष मदन पुरस्कार गुठीले पाँच श्रेष्ठ पुस्तकको सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा नीरवको सन्त्रासका साठी दिन परेका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :