साउन ५,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।
प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाउनुभएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान भएपछि कांग्रेस र एमाले सांसदहरूको संयुक्त हस्ताक्षरमा १६६ सांसदको हस्ताक्षरसहित अध्यक्ष ओली प्रधानमन्त्री पदमा दाबी पेस गर्नुभएको थियो ।







