क्यानडनलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश

kala sahitya side 2

असार २६, काठमाडौं  । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ ।

बुधबार बिहान भएको खेलमा क्यानडनलाई २–० ले पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Article Inline 2

अर्जेन्टिनाले पहिलो र दोस्रो हाफमा एक एक गोल गर्यो । खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले रोड्रिगो डे पाउलको पासमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।  खेलको ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । मेस्सीले फर्नान्डेजको पास सदूपयोग गरे । प्रतियोगितामा मेस्सीको यो पहिलो गोल हो ।

यो गोलसँगै मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक १०९ गोल गरेका छन् । मेसीले सहभागीता जनाएका ६ वटा कोपा अमेरिका प्रतियोगितामा गोल गरेका छन् । मेसीले २००७ देखि अहिलेसम्म ६ वटा कोपा अमेरिकामा गोल गरेका हुन् । २००७, १०१५, २०१६, २०१९, २०२१ र २०२४ मा गोल गर्न सफल भएका हुन् ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :