संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने

असार २५ ,काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितसँग छलफल गर्ने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको विशेष समितिको बैठकले असार २६ गते बुधबार पीडितसँग छलफल गर्ने निर्णय गरेको हो। सहकारीका पीडितसँग प्रतिनिधिमूलक ढङ्गले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो। आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो। बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ।

Article Inline 2

सभापति थापाले भन्नुभयो, ‘भोलि हामीले पीडितका प्रतिनिधिसँग प्रतिनिधिमूलक ढङ्गले छलफल गर्ने योजना बनाएका छौँ। २९ वटै सहकारी र अरू पनि सहकारीका प्रतिनिधिमूलक पीडितलाई बोलाएका छौँ। सबै पीडित बोलाएर छलफल गर्न सम्भव हुन्न। हामीले विभिन्न सङ्घर्ष समितिका रूपमा, व्यक्तिगत रूपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितको कुरा सुन्ने कार्यक्रम बनाएका छौँ।’

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञसँग छलफल गरेको थियो। अब पीडितसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताउनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :