असार १८,काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य तिन रुपैयाँ बृद्धि गरेको छ ।
कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मूल्य (मंगलबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २३ बाट बढेर २६ रुपियाँ कायम गर्ने भनिएको छ ।
न्यू शक्ति नुन एक किलोको १७ बाट बढाएर २० रुपियाँ कायम हुनेछ । सोहीअनुसार भानू नुनको एक किलोको मूल्य नौ रुपियाँ कायम गर्ने भनिएको छ ।







