देशभर मनसुनी वायुको प्रभाव / मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Article Inline top 1

असार १४,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

(शुक्रबार बिहान कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशकाे माैसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Article Inline 2

कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने अनुमान छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थान, बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी र गण्डकी प्रदेशको एकदुई स्थानमा दिउँसाे भारी वर्षाको पनि सम्भावना रहेको छ।  आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ।   बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति भारी वर्षा हुनुका साथै कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :