नेपाल पत्रकार महासंघको महाधिवेशन अन्तिम समयमा स्थगित / असार दोस्रो साताभित्र मतदान हुने

kala sahitya bottom

 जेठ २६,काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन अन्तिम समयमा स्थगित भएको छ । यही शनिबारका लागि तोकेको निर्वाचनमा मतदान नहुने अध्यक्ष विपुल पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

२७ औं महाधिवेशन असार महिनाका लागि सारिएको हो । मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष पोखरेलले जानकारी दिए ।

Article Inline 2

उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो ।असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन ।

साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गरेका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :