यही जेठ २५ देखि प्रथम म्याग्दे महोत्सव २०८१ हुने

krishi top

 जेठ २१, तनहुँ । म्याग्देलाई प्रमुख व्यापारिक क्षेत्रको रुपमा स्थापित गर्न र  सुस्ताएको व्यवसाय  चलायमान बनाउन प्रथम म्याग्दे महोत्सव २०८१’ गर्न लागिएको हो ।

आइतबार दमौलीमा पत्रकार सम्मेलन गरी  म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा ‘प्रथम म्याग्दे महोत्सव २०८१’ गर्न लागिएको जानकारी दिइएको थियो  । थर्पु युवा क्लबको आयोजनामा ‘कला र संस्कृतिको संरक्षण आर्थिक, सामाजिक, कृषि, पर्यटनको प्रवर्द्धन’  नारासहित सञ्चालन हुने महोत्सव यही जेठ २५ देखि असार २ गतेसम्म चल्ने छ । थुर्पु बजारमा व्यापार घट्दै जाँदा व्यवसायी पलायन हुने क्रम बढेको, किसानले उत्पादन गरेको समान बिक्री गर्न समस्या परेको तथा होमस्टेको प्रचारप्रसार नहुँदा व्यवसाय चलायमान बनाउन महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिइएको हो  ।

Article Inline 2

महोत्सवमा व्यापारिक एवम् सेवामूलक उद्देश्यका एक सय  स्टल राखिने स्थानीय  रैथाने सामग्री र कृषि उत्पादनलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।  महोत्सवमा खुला एकल नृत्य प्रतियोगिता, म्याग्दे गाउँपालिका स्तरीय नृत्य प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।  नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगदको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा स्थानीयका साथै राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति रहनेछ । आर्थिक करोकारलाई चलायमान गराउन, अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गर्न, म्याग्देलको भाषा, कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्न महोत्सव महत्त्वपूर्ण बन्ने अपेक्षा लिइएको आयोजकले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :