सुन र चाँदीको मूल्य बढ्यो / सुन प्रतितोला रु एक लाख ४० हजारमा कारोवार

banner 1

जेठ ३,काठमाडौं  ।  स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो ।

तेजावी सुनको मूल्य पनि प्रतितोला रु. एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु. एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ बिहीबार प्रतितोला रु. ६० ले बढेर रु. एक हजार आठ सय पाँच पुगेको छ ।

Article Inline 2

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :