सुन तोलामा रु. दुई  हजार तीन सयले वृद्धि / प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार

kala sahitya side 1

 वैशाख २८, काठमाडौँ ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. दुई  हजार तीन सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु. एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु. एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

Article Inline 2

त्यस्तै, तेजाबी  सुन बिहीबार प्रतितोला रु. एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु. एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा रु. ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु. एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :