६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदै

under rastriya

चैत २०,काठमाडौं । आज ६७ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

६७ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ ।

Article Inline 2

सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले मंगलवार विभिन्न कार्यक्रम आयोजना गरेका छन् भने स्थानीय स्तरमा सहकारीहरुले विभिन्न कार्यक्रमका साथ मंगलवार सहकारी दिवश मनाइदै छ । सहकारी विभागको पछिल्लो तथ्याङक अनुसार हाल मुलुकभर करिब ३० हजार बढी सहकारीहरू छन् ।

राष्ट्रिय सहकारी दिवशको अवसरमा मंगलवार सहकारी समन्वय मञ्च गैँडाकोट र गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा वर्तमान परिप्रेक्ष्यमा सदस्यको बचत रकमको सुरक्षा तथा ऋण लगानी र असूलीमा चुनौती भन्ने विषयमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम विजय विकास स्रोत केन्द्रको सभाहलमा विहान साढे १० बजेबाट सुरु हुने सहकारी समन्वय मञ्चका अध्यक्ष बाबुराम खनालले जानकारी दिनुभयो ।

यस्तै मंगलवार राष्ट्रिय सहकारी दिवशको अवसरमा जिल्ला सहकारी संघ लिमिटेडले सहकारीका सन्दर्भमा कार्यपत्र प्रस्तुत र पुरक छलफल कार्यक्रमको आयोजना गरेको छ । मध्यविन्दु नगरपालिकाको सभाहल चोरमारामा विहान ११ बजे  कार्यक्रम हुने जिल्ला सहकारी संघका सचिव श्यामसुन्दर लामिछानेले जानकारी दिनुभएको छ ।

राष्ट्रिय सहकारी दिवसको अवसरमा चितवनमा विभिन्न कार्यक्रम गरिँदै छ । जिल्ला सहकारी संघ चितवनले मंगलवार र्‍यालीसहित सहकारी विशेष कार्यक्रम गर्दै छ । उत्कृष्ट र्‍यालीलाई पुरस्कृत समेत गरिने बताइएको छ । संघले दिवसको अवसरमा चैत १८ गतेदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :