प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवको दोस्रो दिन रामजी खाँणको प्रस्तुतीले दर्शकहरु झुमे /आइतबार अस्मिता डल्लाकोटी, महिमा श्रेष्ठ, श्याम राना, दीपक खड्कालगायत आउने

khelkud bottom

चैत १० ,नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा शनिबार लोक तथा दोहोरी गायक रामजी खाँण ठकुरीको प्रस्तुतीले दर्शकहरु झुमेका छन् । शुक्रबारदेखि नारायणी नदी किनारमा सुरू भएको महोत्सवमा गायक ठकुरीले नयाँ तथा पुराना गीत गाएर दर्शक उफारेका हुन्। हालै चर्चामा रहेको दोहोरी गीत ‘बेल्ले छ्याँबा मो’ गाउँदै  जाँदा रामजीको प्रत्यक्ष आवाज पर्खेर बसिरहेका दर्शकहरूले भरपुर मनोरञ्जन लिएका छन्।

‘झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ, हल्काहल्का लाएको दामी देखिन्छ’ भन्दा दर्शकले धुलो उडाउँदै थिए। ‘जाम भन्यो लाहुरेले’, ‘फूल फुलेर पहेँलै भयो’लगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए। यस्तै चितवने गायक मुक्ति सापकोटा, कृष्ण तामाङ, उपेन्द्र गोरखालीलगायत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूले नाचगान गरेर रमाइलो गरेका थिए। साथै प्रत्यक्ष दोहोरीमार्फत मनोरञ्जनसमेत दिलाएका थिए।

Article Inline 2

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक पहिचानले समेत निरन्तरता पाइरहेको छ। फागु पर्व संघारमै आउँदा शनिबारको मञ्चमा पनि थारू कलाकारहरूले प्रस्तुति दिएका थिए। साथै तमू (गुरूङ) विद्यार्थी छोंज धीँ चितवन, नेपाल मगर विद्यार्थी संघका कलाकारहरूले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। महोत्सव अवधिभर हरेक दिन आदिवासी जनजाति समुदायका साँस्कृतिक नृत्यले निरन्तरता पाउने महोत्सवका साँस्कृतिक संयोजक ईश्वर रानामगरले जानकारी दिए।

साँस्कृतिक कार्यक्रममै सिलसिलामा आइतबार राष्ट्रियस्तरका कलाकारहरू अस्मिता डल्लाकोटी, महिमा श्रेष्ठ, श्याम राना, दीपक खड्कालगायत आउने साँस्कृतिक कार्यक्रम संयोजक मगरले जानकारी दिए।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकार तथा चितवनका स्थानीय कलाकारहरूले मनोरञ्जन दिलाउने छन्। साँस्कृतिक गाउँ नै प्रमुख आकर्षण महोत्सवको प्रवेशद्वारमै निर्माण गरिएका आदिवासी जनजाति परिसरले महोत्सव अवलोकन गर्न आउनेहरूको ध्यान खिचेको छ।

धेरैजनाले तस्बिरसमेत खिचेका थिए। महोत्सव अवधिभर हरेक दिन यस्तै फरक खालका दृश्य देख्न पाइने व्यवस्था मिलाइएको आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :