अब प्रतिपक्षमा बसेर देशको समृद्धि र विकासमा अग्रसरता लिने – उपसभापति पूर्णबहादुर खड्का

pradesh side 2

चैत १०, पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब कांग्रेसले प्रतिपक्षमै बसेर संघीयतालाई बलियो बनाउने बताउनु भएको छ ।

शनिबार पोखरामा नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा उहाँले सरकारमा रहँदा सङ्घीयतालाई बल पुग्ने गरी ऐन, कानुन निर्माणमा तीव्रता दिएको दाबी गर्नु भएको हो । उहाँले अब प्रतिपक्षमा बसेर देशको समृद्धि र विकासमा अग्रसरता लिने उल्लेख गर्नुभयो ।

Article Inline 2

“जति दिन गठबन्धन सरकारमा बस्यौँ, संघीयताका धेरै ऐन संसदमा ल्याउने प्रक्रिया अगाडि बढाएका थियौँ । कतिपय ऐन संसदमा ल्याउने तयारीकै क्रममा हामी सरकारबाट बाहिरिएका छौैँ,” उहाँले भन्नुभयो , “तर पनि नेपाली कांग्रेस देशको पहिलो पार्टीका नाताले सङ्घीयतासँग जोडिएका ऐन, कानुन बनाएर कार्यान्वयन गर्न लाग्छ ।”

उपसभापति खड्काले गठबन्धन भत्किएपछि नेपाली कांग्रेसको अभियानलाई सशक्त बनाउने अर्को बाटो खुलेको टिप्पणी गर्नुभयो । संविधान सबै पार्टीको साझा दस्ताबेज भएकाले यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा उहाँको जोड छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :