सुन तस्करी अभियोगमा  दिपेश पुन पक्राउ

photo feature

 चैत २, काठमाडौँ। सुन तस्करी अभियोगमा  अनेरास्ववियु क्रान्तिकारीका महासचिव  दिपेश पुन पक्राउ परेका छन्।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पुन शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन्।

गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो।

Article Inline 2

बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पुनको संलग्नता औँल्याएको छ। गृहमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाए लगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो। पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :