फागुन २३ काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपतिसमक्ष शपथ लिएलगत्तै अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
अर्थमन्त्री पुनले पदभार ग्रहण गर्दै आम सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको दाबी गर्नुभयो ।
अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका चुनौतीलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नु परेकाले त्यही अनुसार काम गर्ने बताउनु भयो । अर्थमन्त्री पुनले नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात गरेको बताउन भयो ।
उहाँले सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्न अर्थमन्त्रीको रुपमा आएको बताउनु भयो । उहाँले सन् २००८ मा विश्वव्यापी आर्थिक संकट लगतै २०११ मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हालँदा पनि त्यो बेलाको संकट समाधान गरेको भन्दै अहिलको समस्या पनि समाधान गर्नसक्ने अवस्थामा रहेको बताउनु भयो ।







