गैंडाकोटमा भएको रक्तदान कार्यक्रममा १०१ जनाले गरे रक्तदान

taja samachar side 1

 फागुन १४,गैंडाकोट । नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखा, रोटरी क्लब अफ गैंडाकोट र गैंडाकोट नमुना माध्यामिक बिद्यालय/ कलेज को संयुक्त आयोजनामा सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गैंडाकोट वडा नम्बर २ का अध्यक्ष प्रकाश सापकोटाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा २२ महिला सहित १०१ जनाले रक्तदान गरेका थिए । गैंडाकोट आदर्श उप-शाखा अध्यक्ष उमाकान्त सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी आदर्श उप-शाखाका तर्फबाट डोलराज पाण्डे, रोटरी क्लब अफ गैंडाकोटका तर्फबाट श्रीनिवास पौडेल र गैंडाकोट नमुना माध्यामिक बिद्यालय/ कलेजका तर्फ बाट एस.के नेउपानेले स्वागत मन्तव्य राखेका थिए ।

Article Inline 2

कार्यक्रममा प्रताप कोइराला,हस्त बहादुर सुनार, सीता सापकोटा, बेद प्रसाद गौडेल, लक्ष्मी पाण्डे, कपिल नेउपाने लगाएत अतिथी रहेका थिए । ११२ औं पटक रक्तदान गरेका रक्तदाता सन्तोष वाग्लेलाइ ब्लड ब्याग बितरण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । दिनेश पण्डितको सम्योजकत्वमा भएको कार्यक्रम बिस्णु सापकोटाको सहजीकरणमा सप्पन्न भएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :