बालउदय आधारभूत विद्यालयले  मनायो १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश समारोह

kala sahitya bottom

फागुन १३, गैँडाकोट । गैँडाकोट १५ मा रहेको बालउदय आधारभूत विद्यालयले  आइतबार १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश समारोह सम्पन्न गरेको छ ।  वार्षिकोत्सव समारोहका प्रमुख अतिथि गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले यस समुदायका लागि बालउदय आधारभूत विद्यालयले शिक्षाको उज्यालो फैलाइरहेको भन्दै नगरका तर्फबाट आगामी दिनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गैँडाकोट नगरपालिका वाड नं. १५ का वडा अध्यक्ष प्रेमराज तिमिल्सेनाले गैँडाकोट नगरपालिकाले नीतिगत रुपमा समन्वय र सहयोग गर्दछ भने वडा कार्यालयले निजितहका शिक्षक कर्मचारीका लागि तलबको व्यवस्थापनमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Article Inline 2

गैँडाकोट नगरपालिका वाड नं. १६ का वडा अध्यक्ष विनोदकुमार मल्लले विपन्न समुदायका बालबालिकाका लागि बाल उदय विद्यालयको संरक्षण आवश्यक भएको हुँदा समन्वयका लागि वडा सधैँ तत्पर रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले विभिन्न आरोह अवरोह पार गर्दै यस विद्यालयले शैक्षिक क्षेत्रका विभिन्न खुड्कीलो पार गर्दै विद्यार्थीको सर्वाङ्गिण विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको बताउनुभयो । विद्यालयले शैक्षिक गुणस्तरका लागि नविनतम काम गर्दै आएको बताउनुभयो ।

विद्यालयका संस्थापक तथा पूर्व अध्यक्ष अर्जुन पुरी र बुद्धिप्रसाद सापकोटाले १५ वर्षअघि समुदायको आवश्यकताका लागि संघर्ष गर्दै विद्यालय स्थापना भएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक पुनाराम गिरिले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक सत्र २०७९ मा अघिल्लो वर्षको भन्दा बढी औषत सिकाइ उपलब्धी भएको बताउनुभयो । शैक्षिक सत्र २०८० मा विद्यार्थीको वार्षिक औषत सिकाइ उपलब्धी बृद्धि गर्न प्रयास गरिएको विद्यालयका प्रधानाध्यापक पुनाराम गिरीले बताउनुभयो ।

विद्यालयको १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा स्थानीय दिलमाया पोख्रेल (छोराहरु अर्जुन पोख्रेल र कृष्ण पोखरेल) ले विद्यालयको शैक्षिक सुधारका लागि १ लाख रुपैँया प्रदान गर्नुभएको छ । यसैगरी स्थानीय हेमराज सापकोटाले ५१ हजार ५०५ रुपैँया विद्यालयका लागि सहयोग प्रदान गर्नुभएको छ । सहयोगी दुबै परिवारलाई विद्यालयले आइतबार वार्षिकोत्सव समारोहमा सम्मान गरेको छ । यसैगरी यस अघि विद्यालयको शैक्षिक सुधारका लागि सहयोग गर्ने मनकारी सहयोगी व्यक्तिहरुलाई विद्यालयले आज सम्मान गरेको छ ।

विद्यालयको शैक्षिक सुधारका लागि यस अघि महेश तिमिल्सिनाले रु ५० हजार, पूर्व शिक्षिका माया रावलले रु ५० हजार, माधव पौडेल र पार्वती पौडेलले रु ३० हजार, तेजकुमारी श्रेष्ठले रु २५ हजार, कमला थापाले १५ हजार ४ सय ४२, शितल सामुदायिक वनले १२ हजार सहयोग गर्नुभएको थियो । उहाँहरुलाई सम्मान गरिएको छ । यस्तै विद्यालयलाई सहयोग गर्ने हरि सुनार, सपना बुढाथोकी, विमला थापा, तुलसी परियार, आशा दर्र्जी लगायतलाई पनि सम्मान गरिएको थियो । वार्षिकोत्सव समारोहमा हस्तकुमारी मल्ल र उहाँकी छोरी इन्दिरा मल्लले प्रत्येक विद्यार्थीलाई खाजा, स्टेशनरी सहयोग गर्नुभएको थियो ।

यसै गरी विद्यालयले शैक्षिक सत्र २०८० मा गैँडाकोटको स्थानीय पाठ्यक्रममा आधारित हाम्रो गैँडाकोट स्थानीय विषयको नमुना पाठ सहितको हाते पुस्तीका तयार पारी कार्यान्वयनमा ल्याउनुभएकोमा विद्यालय शिक्षिका अम्बिका लम्साललाई पनि सम्मान गरिएको थियो । विद्यालयको शैक्षिक सुधारका लागि क्रियाशील शिक्षक शिक्षिकाहरुलाई विद्यालयले सम्मान गरेको छ ।

वार्षिकोत्सव समारोहमा विजयज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक झकराज पौडेलले आधारभूत तहका विद्यालय संरक्षणमा नगरपालिका थप जिम्मेवार हुन र प्राथमिकतामा राख्न सुझाब दिनुभयो ।

वार्षिकोत्सवमा उपस्थिति अतिथि तथा अभिभावकहरुलाई विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि सुनिता तिमिल्सिनाले स्वागत गर्नुभएको थियो ।

समुदायमा शिक्षाको ज्योती फैलाउन वि.सं. २०६६ सालमा तत्कालिन प्रधानपञ्च स्व. कृष्णबहादुर शाहीको अध्यक्षतामा समाजसेवी व्यक्तित्व अर्जुन पुरी लगायतका स्थानीयको समाजसेवीको अग्रसरतामा विद्यालयको स्थापना भएको थियो ।

१५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा विद्यार्थीहरुले विभिन्न गीत संगीतमा कक्षागत रुपमा नृत्य, वक्तृत्वको प्रतिभा प्रस्फुटन गरेका थिए । आर्थिक रुपमा विपन्न समुदायका बालबालिका अध्ययन गर्ने यस विद्यालयले समुदायमा शिक्षाको माध्यमबाट आर्थिक, सामाजिक तथा सांस्कृतिक विविध पक्षमा सकारात्मक सुधारका लागि योगदान पु¥याउँदै आएको छ ।

विद्यालयले पछिल्लो समय बालबालिकाको सर्वाङ्गिण विकासका लागि आधुनिक शिक्षण पद्धती र बाल मनोविज्ञानमा आधारित रहेर शिक्षण क्रियाकलाप गर्दै आएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :