राष्ट्रिय उपभोक्ता मञ्चले गैँडाकोटको कालिका नमुना मावि र नारायणी माविमा विद्यार्थीहरुलाई सचेतना प्रदान

फागुन १०,गैँडाकोट । राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंले गैँडाकोटका दुई वटा विद्यालयमा उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

उपभोक्ता जागरण अभियान अन्तर्गत बिहीबार गैँडाकोटको कालिका नमुना मावि र नारायणी माविमा विद्यार्थीहरुलाई सचेतना प्रदान गरिएको कार्यक्रम संयोजक रुपा पुडासैनीले जानकारी दिनुभयो । उपभोक्ताको हक अधिकारको बारेमा सुसूचित गराउने, उपभोक्ताले उपभोग गर्ने सेवा तथा वस्तुको वास्तविक स्थिति, मूल्य, गुण, गुणस्तर, परिमाण तथा आपूर्तिका बिषयमा जानकारी गराउने उद्देश्यले विद्यालयमा विद्यार्थी लक्षित उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

Article Inline 2

 

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ठगिएको खण्डमा उजुरी गर्न आग्रह गर्नुभयो । खाद्य तथा पेय वस्तुहरुको न्यून गुणस्तरीयता, कृषिजन्य वस्तु उत्पादनमा प्रयोग गरिने बिषादीयुक्त पदार्थको प्रयोग, तौलमा कमी, मिसावटजन्य कृयाकलाप, वस्तु तथा सेवाको मूल्यमा अनियमितता, सेवा प्रदायकबाट सेवा प्रवाहमा व्यवसायिक क्षेत्रबाट गरिने अनुचित कृयाकलाप र उपभोक्तामा सचेतनाको अभावमा ठगिने गरेको उहाँले बताउनुभयो ।

कालिका माविमा व्यवस्थापन समिति अध्यक्ष गंगाधर सापकोटा र नारायणी माविमा व्यवस्थापन समिति अध्यक्ष इश्वरीप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उपभोक्तालाई निरन्तर सचेत गराई राख्ने, उपभोक्ताका अधिकारका लागि सरकारी, गैरसरकारी एवं निजी क्षेत्रहरुसँग सम्वाद, छलफल, सहकार्य, समन्वय, दवाव सिर्जना र आवश्यकतानुसार कानूनी उपचार समेतको खोजीको माध्यमबाट नेपाली उपभोक्ताहरुलाई सचेत पार्ने एवं उपभोक्ता अधिकारको संरक्षण गर्ने उद्देश्यले २०६३ सालमा मञ्चको स्थापना भएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :