आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने -नेपाली क्रिकेट कप्तान रोहितकुमार पौडेल-

pradesh side 1

फागुन २,काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आइसीसी विश्वकप लिग–२ मा सुखद् सुरुवात गर्ने लक्ष्य रहेको बताउनुभएको छ।

नेपालले तीन वर्षको लिग–२ साइकल बिहीबारदेखि तीन देशीय श्रृंखलाबाट सुरुवात गर्दैछ। नेपालका कप्तान रोहितले गत संस्करणको लिग–२ मा सुखद् सुरुवात हुन नसकेको उल्लेख गर्दै यस पटक राम्रो नतिजा निकाल्ने आशा व्यक्त गर्नुभएको हो।

Article Inline 2

नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय श्रृंखलाबाट आइसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो। नामिबिया यो साइकलको डेब्युटेन्ट टोली हो।

नेपालका कप्तान रोहितले यो साइकलमा राम्रो गर्न सुखद् सुरुवात हुनु आवश्यक रहेको बताउनुभएको हो। कप्तान रोहितले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने आशा व्यक्त गर्नुभएको छ। आफ्नो टोलीले राम्रो क्रिकेट खेल्न सकेमा हरेक टोलीलाई हराउन सक्ने विश्वास रहेको बताउनुभएको छ। उहाँले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको पनि धारणा राख्नुभएको छ।

नेपालका प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदान प्रतियोगिताबाट क्यानडासँगको श्रृंखला राम्रो गरेको उल्लेख गर्दै यस श्रृंखलामा पनि सुखद् सुरुवात गर्ने धारणा राख्नुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :