माधवकुमार नेपालले मान्छेलाई अल्मल्याइरहेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप

फागुन १, काठमाडौं ।  नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मान्छेलाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ।

मंगलबार नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो।

Article Inline 2

उहाँले माधव नेपालले मान्छेहरूलाई भ्रम दिएर झुक्याएको पनि बताउनुभयो। उहाँले अध्यक्ष नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर अल्मल्याएको समेत बताउनुभयो।

उहाँले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रूपमा टिप्पणी गर्नुभयो।अध्यक्ष ओलीले तत्कालीन महाकाली सन्धिको विरोधमा पार्टी फुटाउने सो इस्युलाई त्यहीँ छाडेर पुनः एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको उल्लेख गर्नुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :