नवलपुर समाज दक्षिण कोरियाको अध्यक्षमा हरि कडेलको नेतृत्व

under rastriya

दक्षिण कोरिया । नवलपुर समाज,दक्षिण कोरियाको चौथो अधिबेशन एवं पाचौं साधारणसभा बाट हरि कडेल को अध्यक्षतामा १९ जना कार्यसमिति चयन भएको हो। सुवन स्थित लिङ्क एसिया ट्राभलको हलमा सम्पन भएको कार्यक्रममा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रबिन गिरिको प्रमुख अतित्यथता रहेको थियो । कार्यक्रममा  नव निर्वाचित अध्यक्ष कँडेलले यो जित हामि सबै नवलपुर बासिको जित हो , सस्था बाचे हामि सबै बाचिन्छ त्यसैले सबैको साथ र सहयोग बाट सस्थालाइ अगाडि बढाउन सबै लाग्नु पर्ने बताउनु भयो ।

चौथो अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा मनोज पङ्गेनी , उपाध्यक्षमा नारायण भुसाल ,प्रकाश थापा,अमृत भुर्तेल, खेम पङ्गेनी चयन हुनुभएको छ त्यस्तै सचीवमा नवीन मानन्धर ,सहसचीवमा शिशिर आचार्य, कोषाध्यक्षमा प्रमिला रिजाल, र सह कोषाध्यक्षमा तिर्थ पाण्डे चयन हुनुभएको हो । त्यस्तै सदस्यमा मधुसूदन सापकोटा, किशोर पौडेल, नवीन आचार्य, अर्जुन पाण्डे, राम कुमार श्रेष्ठ, विकास देवकोटा, दिपक रसाइली, शम्भु राम सुबेदी, सन्तोष राज भट्टराई, चुन बहादुर गाहा मगर सहित १९ जनाको नयाँ कार्यसमिति चयन भएको हो।

Article Inline 2

त्यसैगरी नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक बाट सल्लाहकार समिति पनि गठन गरिएको छ । बैठक बाट सल्लाहकार संयोजकमा हेम प्रसाद पाठकलाइ नियुत्ती गरिएको थियो । त्यस्तै सदस्यमा कृष्ण डुम्रे ,मुकुन्द चालिसे, श्रीधर कंडेल, सुजन श्रेष्ठ, किसन पौडेल रहेका छन् भने बरिष्ठ सल्लाहकारमा आर पि देवकोटा चयन हुनु भएको छ। त्यस्तै शिशिर आचार्यको संयोजनमा खेलकुद समिति गठन गरिएको छ, भने सदस्यमा पुरुषोत्तम अर्याल र सन्जिव कुमार प्रधानलाई चयन गरिएको छ।

कार्यक्रममा सल्लाहकार आर पि देवकोटा ,कृष्ण डुम्रे ,मुकुन्द चालिसे,किसन पौडेल , का.उपाध्यक्ष महेन्द्र सापकोटा , नवलपुर समाजका सस्थापक अध्यक्ष श्री हेम प्रसाद पाठक , कास्की स.द.कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ,लमजुङ बाट सन्तोष दुरा ,अर्घाखाँची स.स. अध्यक्ष हिमाल खनाल , नेपाल तराई समाजका अध्यक्ष अबदेशराज चौरासीया , काभ्रे सम्पर्क समितिका अध्यक्ष सुमन चौलागाईं, नेपाली जनसम्पर्क समिति महामन्त्री राम प्रसाद उप्रेती , रुपन्देही समितिबाट बिज्ञान अर्याल ,लोकदोहरी प्रतिष्ठान बाट विपना अधिकारी बाग्लुङ समाजका प्रतिनिधि साथै विभिन्न संघ सस्था का प्रतिनिधिहरु,पत्रकार लगायत नवलपुर वासिको बाक्लो उपस्तिथि रहेको थियो।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :