गैँडाकोट नगरस्तरीय प्रतियोगितात्मक गणित विषयक शैक्षिक प्रदर्शनीमा कालिका नमुना मावि प्रथम

taja samachar side 2

माघ २४,गैँडाकोट । गैँडाकोट नगरस्तरीय प्रतियोगितात्मक गणित विषयक शैक्षिक प्रदर्शनीमा कालिका नमुना मावि प्रथम भएको छ । बुधवार जनक नमुना माविको प्राङ्गणमा भएको कार्यक्रममा साइनिङ आवासीय माविले दोस्रो स्थान भएको छ । त्यस्तै सरस्वती निकेतन आवासीय माविले तेस्रो स्थान हासिल गरेको छ भने रत्नराज्य लक्ष्मी माविले सान्त्वना स्थान हासिल गरेको छ ।

त्यस्तै आधारभूत तर्फको प्रतियोगितात्मक गणित विषयक शैक्षिक प्रदर्शनीमा स्मल हार्ट एकेडेमी प्रथम भएको छ । विजय आधारभूत विद्यालयले दोस्रो स्थान र महेन्द्र स्मारक आधारभूत विद्यालय तेस्रो भएको छ ।

Article Inline 2

गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा जनक नमुना माध्यमिक विद्यालयको संयोजनमा भएको प्रतियोगितात्मक गणित विषयक शैक्षिक प्रदर्शनीमा गैँडाकोट नगरपालिका भित्रका २२ वटा विद्यालयले सहभागिता जनाएका थिए । सहभागि विद्यार्थीले गणित विषयसँग सम्बन्धित विभिन्न समाग्री प्रस्तुत गरेका थिए ।

गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डा. बालकृष्ण चापागाईंले हरेक बालबालिकामा फरक–फरक क्षमता हुने भएकाले एउटा विषयमा मात्र केन्द्र हँुदा त्यसले राम्रो प्रभाव पार्ने भएकाले यो कार्यक्रम गरिएको बताउनुभयो । आगामी दिनमा अन्य विषयको पनि प्रदर्शनी कार्यक्रम गर्ने उहाँको भनाई छ ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शिक्षाको क्षेत्रमा आगामी दिनमा अन्य सिर्जनात्मक कार्यक्रम गर्ने बताउनुभयो ।

जनक नमुना माविका प्रधानाध्यापक चुणामणि शर्माले पठन संस्कृतीको विकास होस् भन्ने उद्देश्यले प्रतियोगितात्मक गणित विषयक शैक्षिक प्रदर्शनी कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, विभिन्न वडाका जनप्रतिनिधी, शिक्षाप्रेमी, शिक्षक प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :