spot_img

Saturday, July 25, 2026

जनक नमुना माध्यमिक विद्यालयले ६५ औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाउदै

माघ २३,गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको जनक नमुना माध्यमिक विद्यालयले ६५ औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाउने भएको छ ।

६५ औं वार्षिकोत्सवका अवसरमा विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै नगरभरका शिक्षकहरुबिचको फुटसल प्रतियोगिता सम्पन्न गरिसकेको छ । आगामी कार्यक्रम अन्तर्गत माघ २४ गते गणित विषयको शैक्षिक प्रदर्शनी तथा फुड फेस्टिवल, २५ गते विज्ञान प्रदर्शनी, २६ गते अभिभावकका लागि आमा समूहबिच डोरी तान्ने प्रतियोगिता, म्युजिकल चियरलगायतका खेल रहेका छन् ।

कार्यक्रमको अन्तिम दिन माघ २७ गते शनिवार ६५ औं वार्षिकोत्सवका विविध सांस्कृतिक कार्यक्रमसहित सम्मान पुरस्कार वितरण गर्दै समापन गरिने विद्यालयका प्रधानाध्यापक चुडामणि शर्माले जानकारी दिए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :