आजको विश्व परिवेशमा ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी नीति योजना सञ्चालन गर्नुपर्छ- सञ्चारमन्त्री

rasifal bottom

माघ २२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकम विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र कार्यक्रमलाई अवलम्बन गरी सूचना प्रविधिको तीव्र विकास भइरहेको आजको विश्व परिवेशमा ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

Article Inline 2

फोरजी सेवाको बिस्तार र यसको उपयोगमा उल्लेखनीय वृद्धि, अप्टिकल फाइबर योजनाहरु यथाशीघ्र सम्पन्न, सेवाको गुणस्तरमा उल्लेखनीय वृद्धिमा जोड दिँदै एफटिटिएच व्यवसायको आक्रामक विस्तार, आय चुहावटको नियन्त्रण, एसएमएस गेटवे उचित दरमा दिने गरी विस्तार गर्न आग्रह गर्दै पूर्वाधार कम्पनी, आईटी कम्पनी स्थापनाका साथै नमस्ते पे को व्यापारमा बिस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गर्नुभयो ।

मन्त्री शर्माले कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्था अनुसार कम्पनीले आगामी दिनहरुमा लिने पहलहरुमा सूक्ष्म रुपमा अध्ययन गरेर बजारको आजको अवस्था र आगामी दिनमा आईपर्ने कुरालाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना तयार गर्न आग्रह गर्नुभयो ।

आफू मन्त्रालयको जिम्मेवारीमा आएको एक वर्ष पूरा भएको र यस अवधिमा कम्पनीबाट गर्नुपर्ने नयाँ कार्यक्रम, सुधारका कार्यमा धेरै पटक छलफल गरेको स्मरण उहाँले स्मरण गराउनुभयो ।

उहाँले सेवामा गुणस्तर कायम गर्न नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन बिहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने, टेलिकमका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाको रुपमा विकास गर्न जोड दिनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :