संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई अध्यक्ष केपी शर्मा ओलीको निर्देशन

kala sahitya top

माघ २२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा गहकिलो ढङ्गले गलत कुराको आलोचना र विरोध गर्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।

पार्टी संसदीय दलको बैठक समापन गर्नुहुँदै उहाँले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो । उहाँले सदनमा सांसदले बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसद्को रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था रहेकाले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने उल्लेख गर्नुभयो ।

Article Inline 2

संसदमा गल्ती बोल्नेहरूका शब्दले उसको परिचय दिने भन्दै उहाँले यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरूलाई सचेत गराउनुभयो । उहाँले गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको बताउनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :