माघ २०,गैँडाकोट । जनक मावि गैँडाकोटको आयोजनामा भएको नगर स्तरीय शिक्षक फुटसल प्रतियोगिताको उपाधि मुकुन्दसेन इङ्लिस स्कुलले जितेको छ । प्रतियोगितामा सहभागि गैँडाकोटका १५ विद्यालयहरुलाई पछि पार्दै मुकुन्दसेन इङ्लिस स्कुलले शिक्षक फुटसल प्रतियोगिताको उपाधि रक्षा गरेको हो ।
फाईनल प्रतिष्पर्धामा विजय सामुदायिक शिक्षा सदनलाई शुन्यका विरुद्ध एक गोलले पछि पार्दै मुकुन्दसेनले उपाधि उचालेको हो । उपाधिसँगै मुकुन्दसेनले २० हजार रुपैँया नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
जनक माविले आफ्नो ६५ औ बार्षिकोत्सवको अवसरमा नगरभित्रका विद्यालयका शिक्षकहरुविच आपसी सद्भाव बढाउने उदेश्यले शिक्षकहरुविचको फुटसल प्रतियोगिता आयोजना गरेको हो ।





