spot_img

Sunday, April 19, 2026

नेपाली बजारमा सुनको मूल्यसैगै चाँदीको मूल्य पनि बढ्यो

पौष २९ ,काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्यसैगै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ३०० रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :