इजरायलले गाजा शहरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु

banner 3

गाजा । इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ।

प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइलाई  उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘‘गाजा शहरको अल–दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ।’’मध्य गाजा शहरको अल–दराज छिमेकमा ठूलो भीडन्त भएको थियो ।  मर्नेमा दुई वर्षीया बालिका पनि छन् ।
रासस, सिन्ह्वा

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :