spot_img

Sunday, April 26, 2026

कसरी हुन्छ फेसबुक अकाउन्ट ह्याक ? 

 काठमाडौँ ।   फेसबुक अकाउन्ट ह्याक हुनुको मुख्य कारण फिशिङ लिङ्क नै हुन्छ । फिशिङ लिङ्क भन्नाले सामान्य प्रयोगकर्तालाई झुक्याउन वास्तविक जस्तै देखिने गरी तयार पारिएको लिङ्क हो । उदाहरणका लागि तपाईंले समय समयमा विभिन्न ठूला ईकमर्श प्लेटफर्म, बैंक तथा अन्य वित्तीय संस्थाको नामबाट उपहार बाँडिरहेको भन्ने लिङ्क आएको देख्नु भएको हुनसक्छ । हो त्यस्ता लिङ्क वास्तविक जस्तो देखिने भए पनि प्रयोगकर्ताको अकाउन्ट ह्याक गर्न प्रयोग गर्ने राजेन्द्र अर्याल बताउँछन् ।

“चाडपर्व, कुनै उत्सव वा कार्यक्रमको समयमा स्क्याम लिङ्क फैलिने घटना बढी हुन्छन्,” अर्याल भन्छन्, “विभिन्न रियालिटी शोमा हामीलाई भोट गरिदिनुहोस् भन्दै सहभागीको अकाउन्ट ह्याक गरेर त्यस्ता फिशिङ लिङ्क पठाइरहेका हुन्छन् ।”

अर्यालका अनुसार प्रयोगकर्ताले आफ्नो ईमेल, फोन नम्बर वा ह्वाट्सएपमा आएको ओटीटी (वन टाइम पासवर्ड) कोड दिंदा फेसबुक अकाउन्ट ह्याक भइरहेको हुन्छ । “सबैभन्दा पहिले ह्याकरले कुनै व्यक्तिको अकाउन्ट फिशिङ लिङ्क पठाएर ह्याक गरेको हुन्छ,” अर्याल भन्छन्, “त्यही व्यक्तिको अकाउन्ट प्रयोग गरेर उक्त ह्याकरले अर्को व्यक्तिलाई मेसेज पठाउँछ । मैले ड्राइभिङ लाइसेन्सको फर्म भर्न लागेको मेरो नम्बर सपोर्ट नभएर तपाईंको राख्न लागेको भनेर नम्बर माग्छन् । अनि, त्यसमा आएको ओटीपी कोड लिएर अकाउन्ट आफ्नो पहुँचमा लिन्छन् ।”

फेसबुक अकाउन्ट ह्याक गर्न स्क्यामरले पाइरेटेड साइट प्रयोग गर्ने गरेक गरेका छन् । “भिडिओ एडिटिङ, फोटो एडिटिङ वा अन्य कामका लागि उपयोगी हुने सफ्टवेयर डाउनलोड गर्नेहरू धेरै हुन्छन्,।   त्यस्ता पाइरेटेड सफ्टवेयरको सहायताले पनि स्क्यामरले अकाउन्ट ह्याक गरिरहेका हुन्छन् ।

फेसबुक अकाउन्ट ह्याक गर्न सोसल इन्जिनियरिङ टुल पनि उत्तिकै प्रयोग हुने गरेको अध्ययनले देखाएको छ । सोसल इन्जिनियरिङ प्रयोगकर्ताको संवेदनशील विवरण चोरी गर्ने तरिका हो, जहाँ ह्याकरले प्रयोगकर्तासँग आफन्त जस्तो बनेर, विभिन्न उपहारको प्रलोभन देखाएर वा नक्कली सपोर्ट सेन्टर जस्तो बनेर संवेदनशील जानकारी चोरी गर्ने गर्छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :