वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु

arthik top

 पुस ८ काठमाडौं।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको छ।

अस्पतालका निर्देशक डा. सन्तोस पौडेलले क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि टोमोथेरापी सेवा परीक्षणका रुपमा सुरु गरिएको भएको जानकरी दिनुभयो।  भारतीय अनुभवी प्रविधिज्ञ टोली झिकाई उहाँहरुको समन्वयमा सेवा सुरु गरिएको हो।

Article Inline 2

एक हप्ता १० दिन परीक्षणपछि सेवा पूर्ण रुपमा सञ्चालन गर्ने उहाँको भनाइ छ।  सेवा कति घण्टा दिने सेवा लिएवापत बिरामीले कति शुल्क तिर्नुपर्छ भन्ने विषयमा छलफल गर्न समिति गठन गरेको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “अहिले अस्पतालमा आधुनिक प्रविधि टोमोथेरापी सेवा परीक्षण सुरु गरेका छौँ।  सेवा शुल्क कति लिने, कति सयम मेसिन सञ्चालन गर्ने, कति बिरामीलाई सेवा दिने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरेका छौँ।  उहाँहरुसँग छलफल गरेर कार्यविधि बनाए पूर्णरुपमा सञ्चालनमा ल्याउछौँ। ’’

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :