गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य बाटो हो – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा

arthik side 2

 पुस ८ , काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ।

आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  उहाँले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो।  उहाँले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिई गम्भीर बन्नुपर्ने बताउनुभयो।  उहाँले नेता स्व. भट्टराई कुनै पनि बद्नामले नछोएको व्यक्ति भएको बताउनुभयो।  उहाँले नेता भट्टराईको विषयमा खोजेर पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताउनु भयो।

Article Inline 2

उहाँले भन्नुभयो, ‘‘भट्टराईजीका बारेमा जति बोले पनि पुग्दैन।  उहाँ निर्लोभी, कुनै पनि बद्नामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो।  वास्तवमा उहाँको विषयमा खोजीनिती हुनुपर्छ।  उहाँको विश्लेषण हुनुपर्छ।  उहाँको कुरा किताबमा लेख्नुपर्छ।  यो कुरामा हामी लागेका छौँ।  कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा अवश्य पनि मलाई विश्वास छ।  हाम्रो पार्टी प्रजातन्त्रप्रति आस्थावान् मात्रै होइन, प्रजातन्त्रलाई अझ सुदृढ गर्दै लगेर, गणतन्त्रलाई सुदृढ गर्दै लैजानका लागि अहिले पनि विभिन्न किसिमका कुराहरू आइरहेका छन्।  अहिले पनि गणतन्त्रलाई कमजोर गर्नेकुरा भइरहेको छ।  यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ।  गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य बाटो हो। ’’

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :