सुनको मूल्य नयाँ उचाइमा / प्रतितोला रु. एक लाख २० हजार आठ सय

Article Inline top 1

मङ्सिर १८ काठमाडौँ  । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु. एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु. आठ सयले बढेर प्रतितोला रु. एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल रु. एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो ।

Article Inline 2

साथै चाँदीको मूल्य प्रतितोला रु. एक हजार पाँच सय ४५ मा कायम भएको छ ।

रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :