कात्तिक,१९ काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि इच्छुकहरुसँग आर्थिक सहयोग आह्वान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि राहत, पुनर्स्थापना र घाइतेहरु उपचारका लागि सहयोग गर्न चाहानेहरुसँग आर्थिक सहयोग आह्वान गरेको हो ।
भूकम्पका कारण मृत्यु हुने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले खोज, उद्धार र राहतका लागि क्रियाशील रहेकाहरुलाई धन्यवाद ज्ञापन गर्दै निरन्तरता र थप सहयोगको लागि अनुरोध गरेको छ ।
कार्यालयले संवेदनशील घडीमा देशविदेशबाट सहयोग गर्न इच्छुकहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न बैंक खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिएको छ ।







